Er. Sunil Lamsal

Website

Er. Sunil Lamsal Structural Engineer and PhD Scholar in Waste Management.
(1)

बाढी पछि वैकल्पिक सडक सञ्चालन सम्बन्धमा !त्रिशूली नदीमा आएको बाढीका कारण गल्छी-त्रिशूली राजमार्ग तथा त्रिशूली नदीका विभि...
03/09/2026

बाढी पछि वैकल्पिक सडक सञ्चालन सम्बन्धमा !

त्रिशूली नदीमा आएको बाढीका कारण गल्छी-त्रिशूली राजमार्ग तथा त्रिशूली नदीका विभिन्न पुलहरूमा क्षति पुगेर यातायात अवरुद्ध भएको थियो। यस अवस्थालाई मध्यनजर गर्दै रसुवा र धादिङ समेत हेर्ने सडक डिभिजन नुवाकोटले वैकल्पिक सडकहरू निर्माण, मर्मत तथा स्तरोन्नति गरी यातायात सञ्चालनमा ल्याउने काम गरेको छ ।

हाल सञ्चालनमा ल्याइएका वैकल्पिक सडकहरू:

१. पृथ्वी राजमार्ग-धादिङबेसी वैकल्पिक मार्ग (१५ किमि)

मास्टार (पृथ्वी राजमार्ग) देखि त्रिशूली पुल पार हुँदै केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार, परेवाटार हुँदै धादिङबेसीसम्म सडक सञ्चालनमा ल्याइएको छ।

प्रभावित क्षेत्र: धादिङको गल्छी र सिद्धलेक

२. त्रिशूली पार क्षेत्र जोड्ने वैकल्पिक मार्ग (४० किमि)

त्रिशुली पारीको भूभागलाई यातायात सञ्जालले जोड्न गल्छी (गल्छी त्रिशुली राजमार्ग), त्रिशुली पुल पारीबाट त्रिशुली नदीको दाँया किनार तर्फबाट कल्लेरीटार, कोशीखोला, पिमलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजार र किस्पाङ गाउँपालिकाको सीमासम्म यातायात सञ्चालन गरिएको छ।

प्रभावित क्षेत्र: धादिङको गल्छी तथा नुवाकोटका तारकेश्वर, विदुर र मेघाङ

३. देवीघाट तादी खोला पुलको वैकल्पिक मार्ग (३५ किमि)

देवीघाट स्थित क्षतिग्रस्त तादी खोला पुलको विकल्पको रूपमा पिपलटार-धमले-निरञ्जना-बाघखोर-हर्रे-देउराली-कोल्पुटार सडकमार्फत चार पाङ्ग्रे सवारी सञ्चालनमा ल्याइएको छ।

प्रभावित क्षेत्र: नुवाकोटको विदुर र बेलकोटगढी

४. रसुवा आवतजावतका लागि वैकल्पिक मार्ग (१२ किमि)

त्रिशुली देखि बेत्रावती सम्मको राजमार्ग क्षतिग्रस्त भएकाले सो रसुवा जिल्लामा यातायातको पहुँचको लागि ढिकुरे (मध्यपहाडी राजमार्ग) हुँदै फेदी बेसीचोक, हिरामुनिटार, चोगते, बोरेभञ्ज्याङ, सानो खोला, धनस्वारा, भोर्ले, जिबजिबे, बोगटीटारसम्मको नुवाकोट खण्डमा सडक सञ्चालन योग्य बनाइएको छ। रसुवा खण्डमा पनि मर्मत कार्य जारी रहेको छ।

प्रभावित क्षेत्र: नुवाकोटको विदुर र सूर्यगढी

सडक डिभिजन नुवाकोटले आपतकालीन अवस्थामा विभिन्न उपकरण प्रयोग गरी सडक खुलाउने, पहिरो हटाउने, कल्भर्ट निर्माण गर्ने, सडक सतह सुधार गर्ने तथा ग्राभेल राख्ने कार्य निरन्तर गरिरहेको छ।

-- पूर्वाधार विकास मन्त्रालय

महत्वपूर्ण जानकारी !पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य अगाडि बढेकाे छ ।- पहिरोको दुवै छेउबाट १८ जना...
03/09/2026

महत्वपूर्ण जानकारी !

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य अगाडि बढेकाे छ ।

- पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ।
- पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएका छन्।
- रुख कटानको काम सम्पन्न हुनासाथ उपकरणहरू परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिनेछ।

सडक सञ्चालनलाई प्राथमिकतामा राखी काम तीव्र गतिमा अघि बढाइएको छ।

कृष्णभीर पहिरो तथा पृथ्वी राजमार्ग सञ्चालन सम्बन्धमा !!!प्रेस नोटभदौ १६ गतेपृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घक...
01/09/2026

कृष्णभीर पहिरो तथा पृथ्वी राजमार्ग सञ्चालन सम्बन्धमा !!!

प्रेस नोट

भदौ १६ गते

पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका सम्बन्धमा मंगलबार बसेको पूर्वाधार विकास मन्त्रालयको बैठकले निम्न निर्णय गरेको छ :

१. तत्काल विपद्को सामना गर्न तथा विपद् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापना गर्न कृष्णभीरको हिलसाइडमा 'ग्याबियन ब्रेस्ट वाल'माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तत्काल अघि बढाउने।

२. ट्र्याक खोल्ने कार्यसँगै 'सेक्रिफिसियल ग्याबियन बक्स' तथा 'बोल्डर हिलसाइड'बाट तल खसाल्ने कार्यसमेत गर्ने।

३. कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने।

४. कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने।

५. माथि उल्लिखित विकल्पहरूको अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने तथा आवश्यकताअनुसार सडक विभागसँग समझदारीपत्र (एमओयू) गर्ने।

धन्यवाद।

-- पूर्वाधार विकास मन्त्रालय

पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र ...
31/08/2026

पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ।

कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ। साथै, सम्बन्धित सरोकारवाला निकाय तथा एजेन्सीलाई परिचालन गरी कामको नियमित अनुगमन र रिपोर्टिङ गर्नेछ।

कार्यदलका प्रमुख जिम्मेवारीहरू:

१. विपतबाट भएको क्षति तथा जोखिमको शीघ्र प्राविधिक एवं वस्तुगत मूल्याङ्कन गर्ने।

२. तत्काल सञ्चालन गर्नुपर्ने आपत्कालीन पुनःस्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकायलाई परिचालन गर्ने।

३. प्रभावित क्षेत्र, संरचना तथा परिवारलाई जोखिम र प्राथमिकताका आधारमा वर्गीकरण गर्ने।

४. तत्कालीन, अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार गर्ने।

५. आवश्यक जनशक्ति, उपकरण, सामग्री तथा वित्तीय स्रोतको आवश्यकता निर्धारण गर्ने।

६. संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदारबीच समन्वय र सहजीकरण गर्ने।

७. पुनर्निर्माणका क्रममा भूगर्भीय अवस्था, जलवायु परिवर्तन, बाढी, पहिरो तथा अन्य विपद् जोखिमलाई समेट्दै ‘Build Back Better’ को सिद्धान्त लागू गर्ने।

८. दोहोरो लगानी, स्रोतको दुरुपयोग तथा अनावश्यक दोहोरिने काम रोक्न एकीकृत योजना तथा सूचना प्रणालीको प्रयोग गर्ने।

९. आवश्यक नीतिगत, कानुनी, प्रशासनिक तथा बजेटसम्बन्धी निर्णयका लागि सम्बन्धित निकाय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO) समक्ष सिफारिस गर्ने।

१०. कार्यप्रगति, देखिएका समस्या तथा समाधानका उपायसहित नियमित प्रतिवेदन पेश गर्ने।

११. कार्यदलको कार्यक्षेत्रभित्रका कामको अनुगमन, मूल्याङ्कन तथा गुणस्तर सुनिश्चित गर्ने।

१२. विपद् पुनःस्थापनाका क्रममा प्राप्त अनुभव तथा तथ्यका आधारमा भविष्यमा हुने विपद् न्यूनीकरणका लागि आवश्यक नीतिगत सुझाव दिने।

कार्यदलले सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय गर्दै प्रभावित क्षेत्रको शीघ्र पुनःस्थापना, अत्यावश्यक पूर्वाधारको पुनःसञ्चालन र नागरिकलाई सामान्य जनजीवनमा फर्काउने कार्यलाई शिघ्र कार्यान्वयन गर्नेछ ।
धन्यवाद ।

- पूर्वाधार विकास मन्त्रालय

नुवाकोटको त्रिशुली पारीको भूभाग सडक सञ्जालमा जोडियो !!!त्रिशुली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नु...
31/08/2026

नुवाकोटको त्रिशुली पारीको भूभाग सडक सञ्जालमा जोडियो !!!

त्रिशुली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशुली पारीको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सुचारु गरिएको छ।

गल्छी-त्रिशुली राजमार्गअन्तर्गत त्रिशुली पुल पारीबाट त्रिशुली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशुली बजारसम्म सडक सञ्चालनमा आएको हो।

सडक सुचारु भएसँगै नुवाकोटका धेरै नागरिकलाई सदरमुकामसँग पुनः सडक पहुँच स्थापित भएको छ। साथै, प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्रीको आवतजावतमा समेत सहजता हुनेछ।

ROAD UPDATE !!!धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ।परेवाटार-नेपालटार-गजुरीटार-पिपलटार-आदमटार-बेलिनटार-केउरिनीटा...
29/08/2026

ROAD UPDATE !!!

धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ।

परेवाटार-नेपालटार-गजुरीटार-पिपलटार-आदमटार-बेलिनटार-केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने सडक सञ्चालनमा आएको हो।

योसँगै धादिङ सदरमुकाम धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको छ।

28/08/2026

ROAD UPDATE : पृथ्वी राजमार्ग सञ्चालनमा !!!

पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको छ।

राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ। लेदो पन्छाउने तथा सडक खुलाउने कार्यसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।

-- पूर्वाधार विकास मन्त्रालय

UPDATE !!!काठमाडौं-टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली -पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे सडकखण्ड ४ च...
28/08/2026

UPDATE !!!

काठमाडौं-टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली -पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ।

सडकखण्ड सुचारु भएसँगै रसुवा सडक सञ्जालसँग पुनः जोडिएको छ।

प्रेस नोट  भदौ ११ गते ।भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। वेत्...
27/08/2026

प्रेस नोट

भदौ ११ गते ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा छ।

यसैगरी, पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ। लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको छ।

बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सरकारसँग ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज छन्। आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको छ। भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ।

पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाइएको छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ। वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था छैन।

सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ। क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अघि बढाइएको छ।

- पूर्वाधार विकास मन्त्रालय

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले तीन स्थान तोकेको छ।विद...
27/08/2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले तीन स्थान तोकेको छ।
विदेशबाट हवाई माध्यममार्फत ल्याइने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा संकलन गरिनेछ। त्यसपछि आवश्यकताका आधारमा सरकारले ती सामग्री प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाईएकाे छ।
त्यसैगरी, स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरिएकाे छ। संकलित सामग्री आवश्यकताअनुसार प्रभावित क्षेत्रमा वितरण गरिनेछ।
बाढी प्रभावित नागरिकका लागि सहयोग गर्न चाहने व्यक्ति, संघ-संस्था तथा अन्य सहयोगी निकायले सरकारले तोकेका यी तीन स्थानमध्ये उपयुक्त स्थानमा राहत सामग्री पुर्‍याउन सक्नेछन्।
​सम्पर्क व्यक्तिहरू तथा स्थान:
​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (राष्ट्रिय आपतकालीन गोदामघर):
​सम्पर्क: श्रद्धा भट्टराई (डब्लुएफपी प्रतिनिधि) – ९८४१८७९२२२
​नेपाली सेनाको मैथेली ब्यारेक (बट्टार, नुवाकोट):
​सम्पर्क: आविष्कार (नेपाली सेना) – ९८५१२३४३२४
​बैरेनी ब्यारेक (धादिङ):
​सम्पर्क: दिलिप घले – ९८५११५४२२६
​यसबाहेक इच्छुकदाताहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्नुहुनेछ।

Address

Bhalwari, Rupandehi
Butwal
32900

Alerts

Be the first to know and let us send you an email when Er. Sunil Lamsal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share