01/03/2025
नक्सा पास प्रक्रियामा "वारेस" राख्नै पर्ने आवश्यकता लगभग सबैजसो नगरपालिकामा बनाईएको पाईन्छ । अझ विशेष गरेर काठमाण्डौ, ललितपुर र भक्तपुर महानगरपालिकामा त, वारेस बिना नक्सा पास निकै ढिलो र झन्झटिलो बनाईदिन्छन् । दुई वर्ष अगाडी काठमाण्डौ महानगरमा वारेस हटाउने कुरा चल्दा आन्दोलन गरेर नक्सा पास नै कति दिन बन्द गरेका थिए । नक्सा पास गर्दा वारेसलाई नै 20/25 हजार दिनु पर्ने मलाई कहिले मन परेन, आखिर online epbs गरेको के अर्थ भयो? यो कुरा मैले धेरै अगाडी देखि विरोध गरि आएको हु । यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ !!