Green Economy Nepal

Green Economy Nepal We Plant for Change, for Better Future!

29/05/2026
कृषि, वन तथा वातावरणमन्त्री गीताकुमारी चौधरीले आगामी आर्थिक वर्ष २०८३/८४ सम्ममा करिब एक खर्ब रुपैयाँ बराबरको काठ बिक्री ...
29/05/2026

कृषि, वन तथा वातावरणमन्त्री गीताकुमारी चौधरीले आगामी आर्थिक वर्ष २०८३/८४ सम्ममा करिब एक खर्ब रुपैयाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य लिइएको बताएकी छिन् ।सङ्घीय संसद्मा मन्त्रालयगत बजेट र नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले यस्तो बताएकी हुन् ।

चौधरीले वन क्षेत्रको उचित व्यवस्थापनमार्फत मुलुकलाई काठमा आत्मनिर्भर बनाउँदै निर्यातको दिशामा अघि बढाउने योजना सार्वजनिक गरेकी छिन् ।

मन्त्री चौधरीका अनुसार हाल नेपालको कुल क्षेत्रफलको ४६.०८ प्रतिशत वनले ओगटेको छ । नेपालका विभिन्न वनबाट वार्षिक करिब ३ करोड घनफिट काठ उत्पादन भइरहेको जानकारी दिँदै उनले स्वदेशी काठको प्रयोगलाई प्राथमिकता दिन २०८२ चैत २८ गते मन्त्रिस्तरीय निर्णय भइसकेको जानकारी दिएकी थिइन् ।

दिगो वन व्यवस्थापनमार्फत काठ, जडिबुटी, कार्बन व्यापार र वन पर्यटनको विकास गरी राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदान वृद्धि गरिने सरकारको नीति रहेको उनले उल्लेख गरेकी थिइन् ।

देशभर वन अतिक्रमण एक गम्भीर समस्याको रूपमा देखिएको स्वीकार गर्दै मन्त्री चौधरीले सातै प्रदेशलाई अतिक्रमणको सत्यतथ्य पहिचान गरी तथ्याङ्क उपलब्ध गराउन पत्राचार गरिएको जानकारी दिएकी थिइन् । तथ्याङ्क प्राप्त हुनासाथ मन्त्रालयले कानुनी प्रक्रिया अगाडि बढाउने र आरक्ष पीडितहरूको पहिचान गरी राहत व्यवस्थापनका कार्यहरू अघि बढाइने उनको प्रतिवद्धता छ ।

सरकारले स्टार्टअपहरुलाई ऋणसँगै अनुदान दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्...
29/05/2026

सरकारले स्टार्टअपहरुलाई ऋणसँगै अनुदान दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

उनले स्टार्टअपहरुलाई ऋणमा मात्र सीमित नराखी सुरुमा अनुदान र त्यसपछि सहुलियतपूर्ण कर्जा र विस्तारको चरणमा पूँजी लगानीको व्यवस्था गरिने घोषणा गरेका छन् ।
त्यस्तै, बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले गैरआवासीय नेपालीहरुको सह-लगानीलाई पनि प्रोत्साहन गर्ने बताएका छन् ।

मध्यम वर्गको विस्तारमार्फत समग्र अर्थतन्त्रलाई गतिशील बनाउन कर प्रणालीमा बृहत पुनरावलोकन गरिएको छ ।अर्थमन्त्री डा. स्वर्...
29/05/2026

मध्यम वर्गको विस्तारमार्फत समग्र अर्थतन्त्रलाई गतिशील बनाउन कर प्रणालीमा बृहत पुनरावलोकन गरिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक बर्षको बजेटमार्फत कर प्रणालीमा बृहद पुनरावलोकन गर्दै व्यक्तिगत करदाताका लागि रु १० लाखको सीमा तोकेका छन् । साथै, व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दुले घटाइएको उनले जानकारी दिएका हुन् ।

योसँगै अब १० लाख रुपैयाँसम्म वार्षिक आम्दानी हुनेले १ प्रतिशत मात्रै कर तिरे पुग्नेछ भने धेरै कमाउनेले २९ प्रतिशत कर तिरे हुनेछ ।

संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले मध्यम वर्गको विस्तारमार्फत समग्र अर्थतन्त्रलाई गतिशील बनाउन कर प्रणालीमा बृहत पुनरावलोकन गरिएको बताएका हुन् ।

यस्तै, औद्योगिक उत्पादनलाई प्रोत्साहन गर्न औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुल तयारी मालवस्तुभन्दा कम्तीमा एक तह कम हुने व्यवस्था मिलाइएको उनले बताए । यसअन्तर्गत २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ भने विद्यमान ११ तहको भन्सार संरचनालाई पुनर्संरचना गरी ७ तहमा सीमित गरिएको उनको भनाइ छ ।

त्यसैगरी, हाल ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको छ । भन्सार बिन्दुमा सङ्कलन हुँदै आएका पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुरलगायत छरिएका करहरूलाई एकीकृत गरी ‘हरित कर’मा समाहित गरिएको उनले जानकारी दिए ।

त्यस्तै, बजेटमा प्राकृतिक व्यक्तिको मृत्यु पश्चात हुने अंशवण्डा, हक हस्तान्तरण तथा निकायमा भएको स्वामित्व परिवर्तनका कारण नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन, २०५८ को दफा ५७ आकर्षित नहुने व्यवस्था गरिएको छ ।

सूचीबद्ध कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा मान्यता दिने व्यवस्था गरिएको छ । बजेटमार्फत डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न उपभोक्ताले डिजिटल माध्यमबाट वस्तु तथा सेवा खरिद गर्दा बिजक जारी भएकै समयमा मूल्य अभिवृद्धि करमा १० प्रतिशत छुट पाउने व्यवस्था कार्यान्वयन गरिएको छ ।

मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणालीलाई पूर्ण रूपमा स्वचालित बनाउने व्यवस्था बजेटमा गरिएको छ । यस्तै, वस्तु तथा सेवाको खरिद–बिक्रीमा बिजक लिनेदिने संस्कृतिलाई प्रोत्साहन गर्न लट्रीलगायत आकर्षक कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

सरकारले स्युचाटारमा नेपालकै पहिलो 'सार्वभौम एआई' कम्प्युट केन्द्र स्थापना गर्ने घोषणा गरेको छ।अर्थमन्त्री डा. स्वर्णिम व...
29/05/2026

सरकारले स्युचाटारमा नेपालकै पहिलो 'सार्वभौम एआई' कम्प्युट केन्द्र स्थापना गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यो जानकारी गराएका हुन्।

18/03/2026

Stunning views frm Sarankgkot

27/02/2026

The room with a Splendid view ❤️

Mustang, 🇳🇵
10/12/2025

Mustang, 🇳🇵

09/12/2025

Mustang, once remote, is now one of Nepal’s wealthiest districts, generating around NRs 10 arba annually from potatoes, apples, livestock, and tourism, with improved infrastructure and local collaboration driving growth.

Source: nepalnews

08/12/2025

Amazing: The government will release around NRs 5.5 arba in cash incentives to export-oriented industries, including pending subsidies, to support exporters and boost production.

Address

Nainital

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Sunday 9am - 5pm

Website

Alerts

Be the first to know and let us send you an email when Green Economy Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Green Economy Nepal:

Share