21/08/2019
हामि आफै काठमाडौ - निजगढ फास्टट्राक बनाउन सक्ने आधार हरु ।
नेपालीहरु को कार्यानुभव : पृथ्वि राजमार्ग नौबीसे - पोखरा १७३.४३ किमि अरनिको राजमार्ग काठमाड - कोदारी ११२.८३ किमि त्रिभुवन राजपथ काठमाडौ - पर्सा १५९.६६ किमि महेन्द्र राजमार्ग कॉकडभिट्टा - कंन्चनपुर १०२७.६७ बि पि राजमार्ग बनेपा - बर्दीबास १५७ किमि, नारायणगढ - मुग्लिन ३६ किमि सडकहरु दातृ मित्रराष्ट हरुको प्राविधिक रेखदेख र लगानीमा बनेपनि श्रमशक्ति मा नेपाली निर्माण ब्यबशायी संलग्न थिए ।
त्यस्तै सेती राजमार्ग, मेची राजमार्ग, सगरमाथा राजमार्ग, कोशी राजमार्ग, सिद्धार्थ राजमार्ग, राप्ती राजमार्ग,रत्न राजमार्ग, महाकाली राजमार्ग कर्णाली राजमार्ग, हरुमा तत्कालिन श्री ५ को सरकार र पछी नेपाल सरकार को लगानीमा सडक बिभाग बाट टेण्डर प्रतिस्पर्धा बाट नेपाली निर्माण ब्यबशायी बाटै निर्माण भएका हुन जुन सडक हरुमा हाल सुचारू रुपमा यातायात संचालन भैरहेको छ ।
खर्च ब्यबस्था : आगामी आर्थिक वर्ष २०७३/७४ का लागि कुल रु १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार बजेट विनियोजन गर्नसक्ने सरकारका लागी फास्टट्राक निर्माण मा चाहिने भनिएको एक खर्ब ( नेपाली बाट निर्माण गरियो भने यस्को लागत कम्तिमा पनि २५ % घटाउन सकिन्छ ) र पॉच बर्षमा निर्माण कार्य सम्पन्न गर्ने हो भने बार्षिक २० अर्ब प्रत्यक आर्थिक बर्षमा छुट्याउन कुनै गाह्रो कुरा होईन ।
जनशक्ति : कर्णाली योजनाको लागी भनेर रुड्कीबाट ३०० ईन्जिनियर पहिला नै नेपाल मा छन् र पुल्चोक, पोखरा र पुर्बान्चल बाट बार्षिक कम्तिमा ६० जना ईन्जिनियर हरु उत्पादन भैरहेको छन् । अन्य जनशक्ति खाड़ी मुलुक मा कार्यरत लाखौ युवाहरु स्वदेश मै रोज़गार पाउने हो भने खुशी खुशी साथ निर्माण कार्यमा खट्नेछन् ।
निर्माण सामग्री : रोड़ा, गिट्टि, बालुवा, माटो को कुनै समस्या छैन । सिमेन्ट को लागी हेटौडा सिमेन्ट, उदयपुर सिमेन्ट, दाउन्ने सिमेन्ट, शिवम् सिमेन्ट जत्तिपनि पाईन्छ र पन्चकन्या, सा:ख, हामा, जगदम्बा डण्डी नेपाल मै उत्पादन हुन्छ र प्लाईउड , काठ, बॉस हरु को कमि छैन । आवश्यक ग्रेडको बिटुमिन पनि नेपाल मै उत्पादन गर्न सकिन्छ वा खरिद गर्न सकिन्छ ।
मेशिन औज़ार : डोजर, लोडर, भ्याकु, रोडरोलर, मिक्सर, ड्रिल, क्रसर, लगाएत सानातिना औजार नेपाली निर्माण ब्यबशायी संगै उपलब्ध छ । ठुला र नेपाली ब्यबशायी संग नभएको औज़ार मेशिन हरु बिदेश बाट खरिद गर्न सकिन्छ ।
फास्टट्राक मा दक्षता हासिल गरेका र अनुभवी केही जनशक्ति मात्र बिदेश बाट हायर गरेर वा क़रार मा झिकाउन सकिन्छ ।
यसो गर्नाले लाखौ जनताले स्वदेश मै रोज़गार पाउने र स्वदेशी पुजी बाहिरिदैन ,निर्माण कार्य सम्पन्न भएपछी आउने आम्दानि राष्ट्र कै ढुकुटीमा जम्मा हुनेछ । यो फास्टट्राक नेपाली ले सम्पन्न गरेपछी नेपाल मा आवश्यक यस्ता र यस्तै मोडेलका अन्य फास्टट्राक नेपाली हरुले निर्धक्क निर्माण गर्न सक्नेछन् ।