FB Support Business

FB Support Business Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from FB Support Business, Construction Company, Leang 5 Morang, Letang.

आज वास्तु दिवस एवं विश्वकर्मा पूजाकालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछ...
17/09/2024

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा
कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।

ब्याग हराएकाे सुचना नानी लेटाङ नगरपालिका वडा नं. २ बुधबारे वाट बेलवारी तर्फ जाने क्रममा आज मिति २०८० साल मंसिर २५ विहानक...
11/12/2023

ब्याग हराएकाे सुचना

नानी लेटाङ नगरपालिका वडा नं. २ बुधबारे वाट बेलवारी तर्फ जाने क्रममा आज मिति २०८० साल मंसिर २५ विहानको समयमा लत्ताकपडा तथा बच्चाको चाँदी र सुनका गहना समेत रहेको झोला नै हराएको हुँदा भेट्नुहुने महानुभावहरुले सम्पर्क ९७०३२१११०४ मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
पवित्रा सिवा

आज विश्वकर्मा पूजा,किन गरिन्छ विश्वकर्मा पूजा ?काठमान्डौ, १ असोज । आज विश्वकर्मा पूजा । विश्वकर्मा पूजा भन्नसाथ हामी विभ...
17/09/2022

आज विश्वकर्मा पूजा,किन गरिन्छ विश्वकर्मा पूजा ?
काठमान्डौ, १ असोज । आज विश्वकर्मा पूजा । विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गर्छौं । आखिर किन यसो गरिएको होला ? १ असोजका दिन भगवान विश्वकर्माको जन्म दिन हो । हिन्दु संस्कृतिमा विश्वकर्मालाई यन्त्रको देवता मानिन्छ ।

उनले यन्त्रको प्रयोग गरी मानव समाजलाई भौतिक चरम सुखमा पुर्याउनका लागि विभिन्न कार्य गरेका थिए । प्राचीन समयमा स्वर्ग लोक, लंका, द्वारिका, हस्तिनापुरजस्ता स्थानका रचयिता भगवान विश्वकर्मा नै भएको बताइन्छ ।
यस दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदिमा सबै मेसिन र औजारहरुको पूजा गर्ने गरिएको छ । भनिन्छ, भगवान विश्वकर्मा एक देवता थिए, जसले ब्रम्हान्डको निर्माण गरेका थिए । उनी भगवान ब्रम्हाका पुत्र थिए र ईश्वर रहने सबै स्थानको निर्माण उनै विश्वकर्माले गरेका थिए भन्ने आम मान्यता छ । ईश्वरको उड्ने खालका विमान र सबै प्रकारका शस्त्र पनि विश्वकर्माले बनाएका थिए ।

विश्वकर्मा पूजाको दिन उनलाई सबैले सम्झिन्छन् । ‘यस दिन सबै कार्य बन्द गरेर उनको पूजा गरिन्छ र अझ धेरै कार्य तथा समृद्धिको कामना गरिन्छ,’ पण्डित विद्यानन्द झाले भने, ‘आजको युगका आधारमा उनी त्यो समयका इन्जिनियर थिए । हिन्दु धर्ममा उनलाई निर्माण र सिर्जनाका देवता मानिन्छ ।’
विश्वकर्मालाई देव शिल्पी विश्वकर्मा पनि भनिन्छ । उनको जन्म दिनलाई नेपाल मात्र नभएर भारत र अन्य हिन्दु धर्म मान्ने देशहरुमा विश्वकर्मा जयन्ती अथवा विश्वकर्मा पूजाको नामले पनि चिनिन्छ । ‘देव शिल्पी विश्वकर्माले नै देवताहरुका लागि महल, अस्त्रशस्त्र, आभूषण आदि बनाउने काम गर्थे, त्यसैले उनी देवताका पनि आदरणीय थिए,’ मैथिलीका साहित्यकार एवं संस्कृतिविद् डा. राजेन्द्र विमलले भने ।

जन्म प्रशङ्ग
सृष्टिको रचनाको प्रारम्भमा भगवान विष्णु क्षीर सागरमा प्रकट भएका थिए । विष्णुकोे नाभी–कमलबाट ब्रह्मा उत्पन्न भएको धार्मिक ग्रन्थमा उल्लेख छ । ब्रह्मा पुत्रको नाउँ धर्म थियो, जसको विवाह वस्तु नाउँका महिलासँग भएको थियो । धर्म र वस्तुको संसर्गबाट सात पुत्रको जन्म भएको थियो । सातै पुत्रको नाउँ वास्तु राखियो जो शिल्पशास्त्रको कलामा पारागंत थिए । वास्तुको एउटा छोरा भयो जसको नाउँ यसै कारणले भगवान विश्वकर्मा राखियो । जसलाई प्रथम इन्जिनियर र मेसिनका देवता भनिन्छ । भगवान विश्वकर्माको अनेक रूप रहेको बताइन्छ । दुई बाहु भएका, चार बाहु एवं दस बाहु भएका तथा एक मुख, चार मुख एवं पंचमुख भएका । उनको मनु, मय, त्वष्टा, शिल्पी एवं दैवज्ञ नाउँका पाँच पुत्र थिए ।
यस्तो पनि मान्यता छ कि पाँचै छोरा वास्तु शिल्पको छुटटाछुटटै विधामा पारगंत थिए र उनीहरुले धेरै कुरोको आविष्कार गरेका थिए । यस प्रशंगमा मनुलाई फलाम, मयलाई काठ, त्वष्टालाई ताम्बा, शिल्पी इँट र दैवज्ञलाई सुन–चाँदीले जोडिन्छ ।
विश्वकर्माको कृति ?
इन्द्रको सर्वाधिक शक्तिशाली अस्त्र बज्रको निर्माण विश्वकर्माले नै गरेका थिए । शास्त्रका अनुसार भगवान विश्वकर्माले सृष्टिको रचना गर्न ब्रह्मालाई सहयोग गरे र संसारको रुपरेखाको नक्सा तयार गरेका थिए ।
रामायणमा वर्णन गरिएअनुसारको रावणको सुनको लंका विश्वकर्माले नै बनाएका थिए । भगवान शिवले पार्वतीसँग विवाह गरेपछि विश्वकर्माबाट सुनको लंका निर्माण गर्न लगाए । शिवले रावणलाई गृह पूजनका लागि बोलाए । पूजा पश्चात रावणले भगवान शिवसँग दक्षिणाको रुपमा सुनको लंका मागे । त्यसैले शिवले सो लंका रावणलाई दिएका थिए । सीताको खोजीमा लंका जादा हनुमानले उक्त सुनको लंका जलाइदिएका थिए । त्यसपछि फेरि रावणले विश्वकर्मालाई बोलाएर सुनको लंकाको पुनर्निर्माण गराएका थिए ।
उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । इन्द्रप्रस्थ जुन महाभारतका पाण्डवको भव्य महल थियो, द्वारका भगवान कृष्णको नगरी थियो । पुष्पक विमानको निर्माण पनि भगवान विश्वकर्माले नै गरेको विभिन्न ग्रन्थमा उल्लेख छ ।
यसका अतिरिक्त देवताहरुको दैनिक उपयोगमा आउने समानहरु पनि उनले नै बनाएका थिए, कर्णको कुण्डल, विष्णु भगवानको सुदर्शन चक्र, शंकर भगवानको त्रिशूल र यमराजको कालदण्ड आदि ।
विश्वकर्माको पूजा किन गर्ने ?
देव शिल्पी भएकाले भगवान विश्वकर्मा मेसिनरी तथा शिल्प उद्योगसँग सम्बन्धित व्यक्तिहरुका लागि प्रमुख देवता मानिन्छन् । वर्तमान अवस्थामा कुनै पनि व्यक्तिले बिहानदेखि साँझसम्म कम्प्युटर, मोटरसाइकल, कार, मोबाइल, पानी तान्ने मोटर, मिल, टिभी अन्य बिजुलीका उपकरण आदि मेसिनरी उपकरणको प्रयोग गर्छन् । भगवान विश्वकर्मा यी सबै व्यक्तिहरुका लागि देवता हुन् । यसै कारण वर्तमान युगमा विश्वकर्माको महत्त्व पनि उत्तिकै बढी छ ।
‘पहिले शिल्पकारहरुले मात्र उनको पूजा गर्ने गरेकोमा हाल घरघरमा उनको पूजा हुन थालेको छ,’ सांस्कृतिविद चन्द्रमोहन झा पड़वा भन्छन् ।विश्वकर्माको पूजा गर्ने हो भने मेसिनरी सामानले लामो समयसम्म आफूलाई साथ दिन्छ र आफूलाई धोका दिँदैन भन्ने मान्यता छ । आफूले प्रयोग गर्ने कुनै पनि मेसिनरी सामग्रीलाई राम्रोसँग सफाई गरेमा नै विश्वकर्मालाई खुसी तुल्याएको ठहर्ने जनविश्वास छ ।
भगवान विश्वकर्माको जयन्ती वर्षाको अन्त्य र शरद ऋतु प्रारम्भ हुने बेलामा मनाउने गरिन्छ । ज्योतिष शास्त्रका अनुसार यो दिन सूर्य कन्या राशिमा प्रवेश गर्छन् । सूर्यको गति अंग्रेजी तारिखसँग सम्बन्धित हुन्छ । त्यसैले कन्या संक्रान्ति पनि प्रत्येक वर्ष १७ सेप्टेम्बरमा पर्छ । प्रायः यही दिन पर्ने भएकाले विश्वकर्मा जयन्ती पनि १७ सेप्टेम्बरमा मनाइन्छ । हाम्रो नेपालमा १ असोजमा मनाउने परम्परा रहेको छ ।
विश्वकर्मा पूजाको दिन खासगरी औद्योगिक क्षेत्र, कारखाना, फलामका पसल, सवारी साधन सोरुम, सर्भिस सेन्टर, वर्कसप आदिमा पूजा गरिन्छ । यस दिन मेसिन सफा गरेर रंगरोगन गरी पूजा गरिन्छ । विश्वकर्मा पूजाका दिन मेसिनमा काम गर्न नहुने मान्यता भएकाले यस्ता कलकारखाना बन्द हुन्छन् ।
नेपालमा पनि विश्वकर्मा पूजा गर्ने संस्कृतिको विकास भइरहेको छ । कुनै पनि मेसिनरी कार्य गर्नेहरुले उनको

व्याकलाेडर
23/08/2020

व्याकलाेडर

असोज महिनाको १ गते अर्थात कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पू...
18/09/2019

असोज महिनाको १ गते अर्थात कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रुपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्विहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्दछन् ।

सबैमा शुभकामना।

Bisokarma puja sampanna puja ka k he jhalak haru
17/09/2018

Bisokarma puja sampanna puja ka k he jhalak haru

आज बिश्वकर्मा पूजा ।सम्पुर्णमा बिश्वकर्मा पूजाको शुभकामना ।।
17/09/2018

आज बिश्वकर्मा पूजा ।
सम्पुर्णमा बिश्वकर्मा पूजाको शुभकामना ।।

21/06/2018

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा असार दोश्रो साता सम्ममा सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस बर्ष प्राविधिक धारको पनि एकै पटक नतिजा सार्वजनिक गर्ने कार्यालयको तयारी छ ।

विगत बर्षहरुमा जस्तै यस बर्ष पनि नतिजा एडुखबरबाट हेर्न सकिने गरी परीक्षा नियन्त्रण कार्यालय र एडुखबर बिच सम्झौता भएको छ । कार्यालयले नतिजा सार्वजनिक गरेपछि एडुखबरमार्फत् विद्यार्थी तथा अभिभावकले नतिजा थाह पाउने छन् ।

एडुखबर सहित अन्य संस्थाहरुसँग सम्झौता गर्न आयोजित कार्यक्रममा बोल्दै नियन्त्रक अम्बिका प्रसाद रेग्मीले विगतकै जस्तो पद्धतीमा नतिजा सार्वजनिक गर्ने गरी कार्यालयले अन्तिम चरणको काम गरिरहेको बताए ।

उक्त अवसरमा उप नियन्त्रक डिल्लिराम लुईटेलले विभिन्न अप्ठ्याराका बिच कार्यालयले काम गर्नु परेकाले विगत बर्षहरुको तुलनामा केही ढिलो हुन गएको बताए ।

'सम्भवतः असार ८ गते भन्दा पछि नजाने गरी हामीले काम गरिरहेका छौं' उनले भने, 'कुनै ठूलै प्राविधिक समस्या आईपर्यो भने मात्रै हो नत्र त्यो भन्दा पर जान्न ।'

नतिजाको प्राविधिक कार्य गर्दै आएका ईञ्जिनियर अनुप न्यौपानेको सरुवाले गर्दा काममा असजिलो भोग्नु परेको उनको गुनासो छ ।

'लामो समय देखि परीक्षाको काममा संलग्न अनुप जीको बढुवा संगै सरुवा भयो, अर्को जनशक्ति ब्यवस्थापनमा हामीले निकै समय मन्त्रालय र विभागमा ताकेता गर्नु पर्यो, त्यसले पनि हामीलाई काम गर्न गाह्रो भयो' उनले भने 'यही विचमा जिल्ला शिक्षा कार्यालयहरु हटाउने सरकारको निर्णयले पनि उत्तर पुस्तिका संकलन देखि अन्य ब्यवस्थापकीय काममा अलमल भयो ।'

न्यौपानेको बढुवा सँगै कम्पनी रजिष्टारको कार्यालयमा सरुवा भए पछि पाठ्यक्रम विकास केन्द्रका ईञ्जिनियर नसिव आचार्य मार्फत् कार्यालयले प्राविधिक काम गरिरहेको छ । बल्ल बल्ल तोकिएका प्राविधिकले दुई तिरै काम गर्नु पर्दा चुस्त हुन नसकेको भन्दै लुईटेलले ढिलो हुनाको बचाउ गरे ।

कक्षा १० को अन्तिममा लिईने यस बर्षको परीक्षामा सहभागी हुन देशभरबाट ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले फारम भरेका थिए । परीक्षामाक ति सहभागी भधए भन्ने कुरा नतिजा संगै सार्वजनिक हुने छ ।

शिक्षा ऐनमा भएको आठौं संशोधनले विद्यालय शिक्षालाई कक्षा १२ सम्म हुने ब्यवस्था गरे पनि राष्ट्रिय परीक्षा बोर्डको असक्षमताका कारण परीक्षाको व्यवस्थापन साविककै परीक्षा नियन्त्रण कार्यालय मार्फत् भएको हो । आगामी वर्षदेखि प्रदेश स्तरमा सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी छ ।

माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन भएको थियो । यस अनुसार अनिवार्य विषय तर्फ गणित बाहेक बाँकी सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको थियो ।

29/03/2018

सार्वजनिक बिदा कटौती गर्ने सरकारको निर्णय, ०७५ सालमा ८९ दिन मात्रै बिदा

काठमाडौं, चैत १५
सरकारले सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले बिदा कटौती गर्ने निर्णय गरेको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । उहाँका अनुसार २०७४ सालको तुलनामा ०७५ सालमा २२ दिन बढी सरकारी कार्यालय खुल्नेछन् ।

सरकारले लक्ष्य लिएको आर्थिक समृद्धि हासिल गर्न कार्यदिवस बढाउनुपर्ने भएकाले सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

सरकारको निर्णयअनुसार अब २०७५ सालमा सार्वजनिक बिदा ८९ दिन मात्रै हुनेछ । यसमा सबैका लागि ६७ र कुनै खास धर्म र सम्प्रदायका लागि २२ दिन बिदा हुनेछ ।

कुन कुन दिनको बिदा कटौती भयो भन्ने विषयमा राज्यमन्त्री बास्कोटाले विस्तृत जानकारी दिनुभएन । तर स्रोतका अनुसार गणतन्त्र दिवस, लोकतन्त्र दिवस, निजामती सेवा दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, घटस्थापना, दसैँको द्वादशी र कोजाग्रत पूर्णिमा, रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमी लगायतका बिदा कटौती भएको छ ।

Address

Leang 5 Morang
Letang

Telephone

9852040463

Website

Alerts

Be the first to know and let us send you an email when FB Support Business posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share