Group of Forestry Students-GOFS

Group of Forestry Students-GOFS Jerome Mcmasters 7d2qzfjuc3

28/08/2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले ३ वटा स्थान तोकेको छ।
​विदेशबाट हवाई माध्यममार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकताअनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्नेछ।
यसैगरी स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिनेछ।
​बाढीप्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा संघ-संस्थाले सरकारले तोकेका तिनै स्थानमा सामग्री पुर्‍याउनुपर्नेछ।
​सम्पर्क व्यक्तिहरू तथा स्थान:
​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (राष्ट्रिय आपतकालीन गोदामघर):
​सम्पर्क: श्रद्धा भट्टराई (डब्लुएफपी प्रतिनिधि) – ९८४१८७९२२२
​नेपाली सेनाको मैथेली ब्यारेक (बट्टार, नुवाकोट):
​सम्पर्क: आविष्कार (नेपाली सेना) – ९८५१२३४३२४
​बैरेनी ब्यारेक (धादिङ):
​सम्पर्क: दिलिप घले – ९८५११५४२२६
​यसबाहेक इच्छुकदाताहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्नुहुनेछ।
साथै आर्थिक सहयोग गर्न चाहनेहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा योगदान पुर्‍याउन सक्नुहुनेछ।

17/06/2026

Address

1025 West 19th Street
Hetauda Bazar
32405

Telephone

+9779863099749

Website

Alerts

Be the first to know and let us send you an email when Group of Forestry Students-GOFS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share