बन प्राबिधिक सञ्जाल

बन प्राबिधिक सञ्जाल नमस्कार, मेरो यस पेजमा तपाईहरु सम्पुर्णलाई स्वागत गर्दछु।

यत्रो खाल्डाेहरु खन्न कती समय लाग्यो होलाएक जना ले त खनेन होला अनि तुरुन्तै त गैडा आयन होला त्यो ठाउमा लामो समय तस्कर त्...
18/11/2023

यत्रो खाल्डाेहरु खन्न कती समय लाग्यो होला
एक जना ले त खनेन होला
अनि तुरुन्तै त गैडा आयन होला त्यो ठाउमा
लामो समय तस्कर त्यै थिय होलान गैडा आउने प्रतीक्षा मा
यति चहलपहल भैसक्दा पनि गैडा यसरी मारिनु ले
निकुन्ज को सुरक्षा ब्यबस्था माथी गम्भिर प्रस्न खडा गरेको छ
यो घटना ले बन्यजन्तु संरक्षण मा अझै चुनौती थपेको छ

तिहारको मौका पारेर चितवन राष्ट्रिय निकुञ्जमा तस्करले २ वटा गैंडा मारेचितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत चप...
17/11/2023

तिहारको मौका पारेर चितवन राष्ट्रिय निकुञ्जमा तस्करले २ वटा गैंडा मारे

चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत चपरचुलीदेखि झण्डै साढे तीन किलोमिटर दक्षिणपूर्वको कोर क्षेत्रमा दुईवटा पोथी गैडा मृत भेटिएका हुन् ।
अन्दाजी १८ र ६ बर्षका दुई पोथी गैडा मारी दुवै गैडाको खाग तस्करले लगेको अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जनाउनुभयो ।

तस्करले एक सय मिटरको फरकमा दुईवटा अलग-अलग खाल्डोको धराप पारेर गैंडा मारी खाग लगेको पाइएको प्रवक्ता तिवारीले बताउनुभयो । तिहारको मौका पारेर केही दिन अगाडि तस्करले गैंडा मारेको हुनसक्ने आशंका गरिएको छ ।

source: Sauraha Online

11/11/2023

आज काग तिहार :: कागले पर्यावरण जोगाउँछ, किसानलाई सघाउँछ

आज यमपञ्चकको पहिलो दिन । यमदूत मानिने कागको पूजा गरी आज काग तिहार मनाइँदै छ । आजको दिन कागको पूजा गरी मिठो खानेकुरा दिने गरिन्छ । यमपञ्चकमा यम दीप दान गरेमा यमयातनाबाट मुक्ति पाइने मान्यता पनि छ । काग तिहारसँगै नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ ।
काग : पर्यावरण जोगाउँछ, किसानलाई सघाउँछ
कागको सञ्चार कला गजबको हुन्छ । एउटा करायो भने वरिपरिका अरु काग झुम्मिन्छन् । एउटा काग मर्यो भने वरिपरिका सबै काग भेला हुन्छन् ।
शोक मनाउँदै घटनाबारे जानकारी दिन्छन् । हाम्रो वातावरणमा रहेको फोहोर र विकार खाएर पर्यावरणलाई जोगाउने कागबाट हामीले सिक्नुपर्ने भनेकै एकआपसको एकता र सद्भाव हो ।
हिन्दु धर्मशास्त्रअनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसको जन्म र मृत्युको विवरण राख्छन् भन्ने मान्यता छ । काग तिहारको दिन कागको पूजाअर्चना नगर्दा पापको भागी भइने र मृत्युपछि नर्कलोकमा पुगिने धार्मिक मान्यता छ ।
‘पूर्वाग्रह नराखीकनै सूचना दिन्छ । त्यसकारण यसबाट केही कुरा सिक्नका लागि पनि हामीले यसलाई पूजा गर्नुपर्ने देखिन्छ र पुजन गर्ने गरिन्छ,’ कपिलवस्तुका पण्डित शिवराम पराजुलीले भने, ‘अर्को कुरा यमराजको संवाहकका रुपमा भएका हुँदा पूजा गरिन्छ ।’
पुराणका अनुसार कागले अमृत चाखेको थियो । त्यसैले कागको कहिल्यै पनि स्वाभाविक मृत्यु हुँदैन भन्ने मान्यता छ । कागको सञ्चार कला गजबको हुन्छ । एउटा करायो भने सुनेर वरिपरिका अरु काग झुम्मिन्छन् । तराईमा घर कागलाई समस्या भयो भने वन काग पनि आइदिन्छन् । बाहिरी आक्रमणलाई परास्त गर्न एकजुट भएर जाइलाग्छन् ।
‘कागहरु निकै चलाख र बुद्धिमान चराका प्रजातिमा पर्छन् । नेपालमा सात प्रजातिका काग छन्,’ वरिष्ठ चराविद् डा. हेमसागर बरालले भने ।
नेपालमा ७ प्रजातिका काला काग पाइन्छ । तराईमा घर काग, पहाडी कालो काग, पूर्वीय कालो काग र कालो काग पाइन्छ । हिमालतिर राजा, टुंगा र टेमु पाइन्छन् । कागले केही आयो भने खबर गर्ने गर्छन् । बिरालो, सर्प, बाघ र भालु आए कराएर सूचना दिन्छन् । काग अति चलाख हुन्छ । यसले एकदेखि १० सम्म गन्ती पनि गर्न सक्छ भन्ने मान्यता छ ।
https://kantipurtv.com/news/2023/11/11/1699665143.html

17/09/2023

सुनौलो रङको कछुवासहित काठमाडौंबाट ६ जना पक्राउ

काठमाडौँको टोखा नगरपालिका–५ स्थित सुनकोशी क्याफेबाट दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनका अनुसार टोखा–५ मा अवैधरूपमा सुनौलो रङको कछुवाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त कछुवासहित फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बन प्राबिधिक सञ्जाल

वन नियमावली २०७९ (पहिलो संशोधन) २०८०
18/08/2023

वन नियमावली २०७९ (पहिलो संशोधन) २०८०

राष्ट्रिय भू संरक्षण दिवसको हार्दीक मङ्गलमय शुभकामना !!🌲बन प्राबिधिक सञ्जाल
09/08/2023

राष्ट्रिय भू संरक्षण दिवसको हार्दीक
मङ्गलमय शुभकामना !!🌲
बन प्राबिधिक सञ्जाल

गेमस्काट क्याप्सुल ▫️पाठकहरुबाट फाेन, म्यासेज आदीबाट छिटाे बजारमा ल्याउन अनुराेध बढ्दै गएपछि, वन सम्बन्धी हालसम्मका नयाँ...
01/08/2023

गेमस्काट क्याप्सुल
▫️पाठकहरुबाट फाेन, म्यासेज आदीबाट छिटाे बजारमा ल्याउन अनुराेध बढ्दै गएपछि, वन सम्बन्धी हालसम्मका नयाँ तथ्यरुलाई समावेश गरी, ४० सेट नमूना प्रश्नाेत्तर समावेश गरेर "गेमस्काउट क्याप्सुल-२०८०/०८१" बजारमा ल्याएका छाैं । याे पुस्तक पर्सीबाट काठमाडाैं उपत्यका भित्र र १९ गत्तेबाट अन्य शहरहरुमा उपलब्ध हुनेछ । प्रतिक्षाका लागि सम्पूर्ण पाठकहरुमा धन्यवाद साथै सकारात्मक सुझावकाे अपेक्षा गर्दछु ।
पुस्तकमा के छ ??
१. पाठ्यक्रम अनुसार विषय,
२. चित्र, सुत्र, टेबल र सिरिज माध्याम,
३. ऐन, कानूनलाई छाेटाेमा प्रस्तुत,
५. ४० सेट नमूना + पुराना प्रश्न समाधान,
६. अन्तर्वाता र तयारी सम्बन्धी ज्ञान ......❣️
Sudip Dangi
Inspire Publication

Happy world "RANGER DAY" 🎉🎉31 JULY 2023🎉🎉
31/07/2023

Happy world "RANGER DAY" 🎉🎉

31 JULY 2023🎉🎉

30/07/2023

Forestry पढेर SCOPE छैन भन्छौ २ दशकमै काठमाण्डौँमा मात्रै २२ वटा घर र ८७ स्थानमा जग्गा किन्न सफल दार्चुला शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर स्थायी घर भएका वन विभागका उपसचिव हेमराज विष्टलाई कसरी कमाए बाहिर विदेश तिर त गएनन् होला सरकारी जागिर भएका मान्छे 😁 त्यसले FORESTRY पढेकाले ठीक छ अब तपाईं हरुको भाई बहिनी लाई पनि FORESTRY पढ्न तिर लगाउनु होला धन्यवाद 😁😁

Source: Bhim Upadhyaya

30/07/2023

नेपाल सरकारले PQPMC लाई कहिले राष्ट्रिय बिरुवा संरक्षण संगठन भनी तोकेको हो?

 ❤️❤️भारत सरकारले शनिबार सार्वजनिक गरेको नयाँ तथ्यांकमा देशभर बाघको संख्या तीन हजार ६८२ पुगेको उल्लेख छ । भारत बिश्वमा स...
30/07/2023

❤️❤️
भारत सरकारले शनिबार सार्वजनिक गरेको नयाँ तथ्यांकमा देशभर बाघको संख्या तीन हजार ६८२ पुगेको उल्लेख छ । भारत बिश्वमा सबैभन्दा बढी बाघ भएको देश हो।
बन प्राबिधिक सञ्जाल

बचाउने खालको संरक्षणमा उपयुक्त योजना नभईकन बाघको संख्या बढाउने नेपाल सरकारको संकल्प त गल्ती थिदै थियो तर बाघहरुको हकमा र...
29/07/2023

बचाउने खालको संरक्षणमा उपयुक्त योजना नभईकन बाघको संख्या बढाउने नेपाल सरकारको संकल्प त गल्ती थिदै थियो तर बाघहरुको हकमा राम्रै गर्छ भनेर विश्वास गर्दै हामी संरक्षणकर्मीहरुले त्यस्तो परियोजनामा अन्दाधुन्द सहयोग गर्नु नै हाम्रो पक्षबाट अर्को ठूलो गल्ती भयो। मान्नुस वा नमान्नुस्, अहिलेका वन मन्त्री डा.विरेन्द्र प्रसाद महतो ले बाघ मारेर पैसा उठाउन सकिन्छ भन्ने जुन तुच्छ अभिव्यक्ति दिए त्यो अभिव्यक्ति उनको मात्र होइन, पुरै मन्त्रालयको कर्मचारीहरुको हो। पैसाको लागि कुनै पनि वन्यजन्तु मार्दा जति दोष एउटा तस्करमा आउँछ, सरकारी टाउकेहरुले बाघ मारेर पैसा कमाउन सकिन्छ भन्ने सोचाइमा पनि त्यत्तिकै दोष छ। दुवै जना तस्कर नै हुन्, मात्र फरक चाहिं - एउटा कानूनी तस्कर अर्को गैरकानूनी। वन मन्त्रीले यो अभिव्यक्ति यसरी खुल्लम खुल्ला दिन सक्ने सम्मको आँट यत्तिकै आजभोलीमा आएको भने होइन। Ecosystem लाई भन्दा Egosystem लाई प्राथमिकतामा राख्ने कयौँ संघसंस्था र विज्ञ भनाउँदाहरुको वर्षौं देखिको स्कुलिङ् छ यहाँ।

संरक्षण क्षेत्रमा रहेका थुप्रै ठूला ठूला चुनौती मध्येको एउटा ठूलो चुनौती यस्तै वर्गका समूहहरु पनि हुन्। अब जनस्तर बाट आवाज उठे मात्रै बाघ सम्बन्धित समस्याको उपयुक्त र प्रकृति मैत्री समाधान निकाल्न सकिन्छ नत्र निकट भविष्यमा बाघलाई मारेर रमाइलो लिग्ने अनि/वा उसको दोष बिना उसलाई पिंजडा (जेल) भित्र थुनेको हेरेर रमाइलो लिन भीड लाग्ने अवस्था आउने सम्भावना एकदमै धेरै छ। हामीले जोगाएको बाघ हामीले मार्न/शोषित हुन दिन हुँदैन।

नेपाल सरकारको आधिकारिक व्यक्तिहरुले यसरी शिकार गराउँदा वन्यजन्तु संरक्षण, सामाजिक उत्थान, आर्थिक गतिविधिमा लगायतका क्षेत्रहरुमा फाइदा हुन्छ भनेर भनिराख्दा यो किन एउटा मिथक मात्रै हो र यस पछाडीको सत्यता के हो भनि Born Free Foundation नामक संस्था द्वारा निकालिएको अनुसन्धानको निष्कर्षलाई तल दिइएको लिंक खोलेर पढ्नु होला।

https://www.europeaninterest.eu/article/busting-myths-truth-behind-trophy-hunting/

अन्तराष्ट्रिय बाघ दिवसको सबैमा शुभकामना।
बन प्राबिधिक सञ्जाल

Address

Kathmandu

Telephone

+9779749894791

Website

Alerts

Be the first to know and let us send you an email when बन प्राबिधिक सञ्जाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to बन प्राबिधिक सञ्जाल:

Share