29/08/2026
🎬 ‘क का कि की’को रिलिज सर्यो!
देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएको अवस्थालाई मध्यनजर गर्दै चलचित्र ‘क का कि की’को प्रदर्शन स्थगित गरिएको छ।
भदौ १९ गते रिलिज हुने भनिएको चलचित्र अब २०८३ मंसिर ११ गतेदेखि प्रदर्शनमा आउनेछ। 🙏
रेखा थापा, गौरी मल्ल, तृप्ति नाडकर, महेश त्रिपाठी, दीया मास्केलगायत कलाकारको अभिनय रहेको चलचित्रको निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाईंले गरेका हुन्।
विपत्तिमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली। प्रभावित सबैको शीघ्र उद्धार र पुनर्स्थापनाको कामना। 🙏