21/03/2026
【Forest Day Celebration 🌳】
नेपालमा विगतदेखि चालिएका वन संरक्षणका सामूहिक प्रयासहरूका परिणामस्वरूप वनको जगेर्ना भइ क्षेत्रफलमा उल्लेख्य बृद्धी भएको छ।यसको अलावा, नेपालको ग्रामीण परिवेशको बदलिँदो सामाजिक-आर्थिक अवस्था, बसाईं-सराई (आप्रवासन), खेतीपाती प्रति कम निर्भरता र वैकल्पिक ऊर्जाको बढ्दो प्रयोगका कारण वन स्रोतप्रति निर्भरता कम हुदै गएको छ, जसका कारणले पनि वनको क्षेत्रफलमा बृद्धी भएको छ।
अर्कोतर्फ, वनले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूको न्यूनीकरण र अनुकूलन गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरीएको छ।
गण्डकी प्रदेशका नमूना स्थलहरूमा यस परियोजनाद्वारा जलवायु परिवर्तन अनुकूलनका उपायस्वरूप दिगो वन व्यवस्थापन, माटो र पानीको संरक्षण, र जीविकोपार्जन सुधार (कृषि–वन प्रणाली सहित) सम्बन्धी नमूना क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ।
यी क्रियाकलापबाट प्राप्त ज्ञान, नतिजा र सिकाइले संघीय स्तरमा वनसम्बन्धी मार्गदर्शनको तयारी र संशोधन गर्ने कार्यमा पृष्ठपोषण पुर्याउँने छ। साथै, उक्त क्रियाकलापहरूले व्यवहारिक मोडेल तयार गर्ने उद्देश्य पनि राखेका छन्, जसलाई आवश्यकता अनुरुप अन्य क्षेत्रमा पनि अनुशरण गरी कार्यान्वयन गर्न सकिने छ ।
As a result of collective conservation efforts carried out since several decades, forest cover in Nepal has been significantly recovering recent decades. At the same time, socio-economic changes in rural areas, including labor migration, reduced reliance on farming, and the adoption of alternative energy, have lowered dependence on forest resources.
On the other hand, forest is expected to contribute mitigating and adapting to adverse impacts of climate change.
We have been carrying out demonstration activities as climate change adaptation measures in the pilot sites in Gandaki province, focusing on sustainable forest management, soil and water conservation, and livelihood improvement (including agroforestry).
The knowledge, results and learning through these activities, provide important feedback to the development and revision of forestry-related guidelines in federal level. At the same time, demonstration activities also aims to create workable model that can be replicated and implemented in other areas as needed.