27/08/2026
रसुवा, नुवाकोट र धादिङमा आएको बाढी जसले तल्लो चितवनलाई समेत प्रभावित पारेको छ,त्यसबाट हामी अत्यन्तै दुःखी छौं।
हामी प्रभावित परिवारहरूप्रति समवेदना व्यक्त गर्दछौं र ज्यान गुमाउने हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको आत्माको शान्तिको कामना गर्दछौं।
साथै, यस विपद्को समयमा तत्काल प्रतिक्रिया जनाउँदै निरन्तर उद्धार कार्यमा खटिएकोमा हामी नेपाल सरकारको प्रशंसा गर्दछौं।
जय नेपाल।
पशुपतिनाथले सबैको रक्षा गरून् र यो कठिन परिस्थितिलाई सहज बनाऊन्।