17/05/2026
ने.सं. ११४६ बछलागा जेष्ठ कृष्णपक्ष, औंसी तिथि, शनिबार (२०८३ जेष्ठ २ गते), गुणाकर महाबिहार, छुस्याबाहाः, ज्याठा, काठमाडौं ।
🙏🙏❤️
नेपाल बज्रयान महाबिहार लुम्बिनीको सर्वसंघ सदस्य साथै यस बिहारको निर्माण मूल समिति हुँदै हालको संचालक समितिको उपाध्यक्ष रहनु भयका श्रध्देय बरिष्ठ क्याप्टेन चन्द्र बहादुर शाक्यज्यूको ३ महिना अघि ने.सं. ११४६ सिल्लाथ्व, एकादशी, २०८२ माघ १५ गते बिहीबारको दिन दिवंगत हुनु भयकोले वसपोलको सुखावति भूवनमा अमिताभ तथागतको चरणकमलमा बास भई निर्वाण लाभ प्राप्त होस् भन्ने कामना सहित नेपाल बज्रयान महाबिहार सर्वसंघ, लुम्बिनी र संचालक समितिको आयोजनामा गुणाकर महाबिहार, छुस्याबाहाः, ज्याठामा श्रध्देय गुरुवर चक्रेश्वर प्रा. डा. नरेश मान बज्राचार्यज्यूको नेतृत्वमा आज वसपोल दिवंगत चन्द्र बहादुर शाक्यभिक्षुको "गुणानुस्मृती" कार्यक्रम आयोजनामा गरियो । कार्यक्रममा दिवंगत चन्द्र बहादुर शाक्यभिक्षुज्यूको श्रीमती नानीमैंया शाक्य सहित छोरा, बुहारी, नाती, नातीनीहरु र परिवारका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो । सभामा उपस्थित सबैले दिवंगत चन्द्र बहादुर शाक्यभिक्षुज्यूको तस्बिरमा खादा, माला र फूल चढाई वसपोलको गुणास्नुस्मरण गर्नु भयको थियो ।
श्रध्देय गुरुवर चक्रेश्वर प्रा.डा. नरेश मान बज्राचार्यज्यू, श्रीमती नानीमैंया शाक्यज्यू लगायत अन्य ब्यक्तिहरुले पनि क्या. चन्द्र बहादुर शाक्यज्यूको ब्यक्तित्व बारे बिभिन्न सम्झिन लायक वहाँका समाज प्रतिको बिभिन्न योगदानको बारेमा चर्चा गरियको थियो ।
कार्यक्रमको शुरुवाटमा संचालक समितिका सदस्य सचिव श्री समुद्र मान बज्राचार्यज्यूले स्वागत मन्तब्य राख्नु हुँदै उपस्थित सबैलाई स्वागत गर्नु भयको थियो भने कार्यक्रमको अन्तमा सबैलाई धन्यबाद ज्ञापन पनि वहाँले नै गर्नु भयको थियो ।
श्रध्देय स्थबिर मञ्जुश्री रत्न बज्राचार्यज्यूले आजको कार्यक्रम उद्घोष गर्नु भयको थियो ।
🙏🙏❤️
- धर्मराज बज्राचार्य
सर्वसंघ सदस्य एवं
उप-सचिव
नेपाल बज्रयान महाबिहार सर्वसंघ/ संचालक समिति,
लुम्बिनी