23/05/2020
"गैँडाकोटले कोरोनाका लागि यसो गर्दा कसो होला"
१) गैँडाकोटका केही सामाजिक संघ संस्थाहरूलाई स्वास्थ्यकर्मीहरू बस्ने र परीक्षण गर्ने थलो बनाउने व्यवस्था गर्ने किनभने खाट,बिस्तरा ,शौचालय र पाकशालाको प्रबन्ध गर्न अतिरिक्त झन्झट गरिरहनु पर्दैन।सरसफाइसहितको उचित भाडा दिन सकिन्छ।
२) स्वास्थ्यकर्मी ,एम्बुलेन्स चालक र सुरक्षाकर्मीहरूको विशेष जीवन विमा र पारिश्रमिक निर्धारण गर्ने।
३)सरकारी सवारी साधनहरूलाई स्वास्थ्यकर्मी ओसारपसारको माध्यम बनाउने।
४)गैँडाकोटका एम्बुलेन्सहरूलाई बिरामी बोक्न प्रयोग गर्ने।
५)गैँडाकोटका नर्सहरूलाई सुरक्षाको पूर्ण बन्दोबस्तीका साथ कोरोना परीक्षणका लागि प्रत्येक वडाका घरधुरीमा पठाउने।
६) गैँडाकोट निवासी र अन्य डाक्टरहरूको ३-३जनाको टोली बनाई क्वारेन्टाइ अस्पताल( सामाजिक संस्था जो अस्थायी अस्पताल)मा नियुक्त गर्ने।
७ गैँडाकोटका सबै सरकारी विद्यालयका पिउन ,पाले,बगैँचे लगायतका कर्मचारीहरूलाई भन्डार (भान्से)मा नियुक्त गर्ने।
८)क्वारेन्टाइन तथा अस्थायी अस्पताल बनाएइका ठाउँहरूमा खानेपानी ,विद्युत् र टेलिफोनको सम्बद्ध संस्थाहरूले नि:शुल्क ब्यवस्था गर्ने।
९क्यारेन्टाइनबाट निस्कने फोहरको उचित व्यवस्थापन गर्न गैँडाकोट नगरपालिकाका सरसफाई कर्मचारी र नियक्त गर्ने।सो सम्बन्धी वाहन पनि नगरपालिका कै हुने।
१०)गैँडाकोटका अस्पताल,स्वास्थ्य सेवा क्लिनिकका समिति ,कर्मचारीहरूलाई प्रयोगशाला,औषधि व्यवस्थापन र तत्सम्बन्धी अन्य कामहरूमा खटाउने।
११)गैँडाकोटका वित्तीय क्षेत्र ,उद्योग र कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएका निकायहरू,नगरपालिकाको बजेट र स्वेच्छिक सहयोगबाट कोष खडा गरि खर्च गर्ने।
१२गैँडाकोटका सबै सरकारी कर्मचारीहरूलाई एउटाएउटा भूमिकामा खटाउने।
१३)कोरोना परीक्षण सम्बन्धी सम्पूर्ण आवश्यक सामग्री नगरपालिकाले कोषबाट किन्ने।
१४)सबै निकायहरूलाई क्रमानुसार परिचालन गर्ने।
१५)नगरपालिकाबाट अनुगमन गर्ने।
१६)यो व्यवस्था अबको ४८दिनका लागि मात्र गर्ने।
Copied