13/08/2026
मेरी प्यारी मम्मीलाई जन्मदिनको धेरै–धेरै शुभकामना ❤️🎂
मम्मी, जीवनमा मैले हजुरलाई चाहेजति धन–सम्पत्ति दिन नसकुँला, हजुरका सबै चाहना पूरा गर्न नसकुँला। तर एउटा कुरा सधैँ गर्न चाहन्छु—मेरो माया, सम्मान र साथले हजुरलाई जीवनभर खुसी राख्न। 🫶हजुरले मेरो लागि गर्नुभएको त्याग, माया र संघर्षको ऋण म कहिल्यै तिर्न सक्दिनँ। बस, हजुरको अनुहारमा सधैँ मुस्कान देख्न पाऊँ, हजुर स्वस्थ र खुसी रहनुहोस्, यही मेरो सबैभन्दा ठूलो चाहना हो। 🥹जन्मदिनको अनगिन्ती शुभकामना। 🎂💐