07/03/2026
Love you
तपाईंहरूको निरन्तरको सरोकार, फोन-कल र चिन्ताप्रति आभारी छु।
म ठीक छु, शान्त छु, प्रसन्न नै छु - कदाचित पनि विचलित वा उद्वेलित छैन।
जनताको अभिमत हो - हामीले कदर गर्ने हो। जनताको मतलाई सम्मान गर्ने हो।
व्यक्तिगत रूपमा मलाई कुनै दुःख छैन--हामी त्यसै पनि संसदीय राजनीति गर्न राजनीतिमा प्रवेश गरेका थिएनौं, त्यसैले सांसद र मन्त्री पदसँग मेरो कहिल्यै कुनै आशक्ति रहेन। संसदीय राजनीति एउटा संयोग मात्रै हो।
हो, अलिकति चिन्ता लागेको चाँहि मधेशको लागि दशकौंदेखि संघर्ष गरेका, मधेश आन्दोलनको जगमा उदाएका, मधेशका लागि त्याग, तपस्या र बलिदानी दिएका, मधेशको लागि गोली खाएका र आफ्नो जीवन नै सुम्पेका तथा मधेशको लागि निरन्तर संघर्ष गरिरहेका राजनैतिक शक्तिहरू एकाएक शून्यमा झर्नु हो।
खुशीको कुरोः कम-से-कम एउटा दलले झण्डै दुई-तिहाई ल्याउन लागेको छ--अब जे गर्नु छ, जसो गर्नु छ, अकण्टक उनीहरूलाई त्यो गर्ने वातावरण बनेको छ। सकारात्मक, नकारात्मक - जे गर्नु छ, गरेर देखाओस्, देशलाई निकास देओस्। हाम्रो शुभकामना छ।
जय मधेश, जय स्वराज!
--
ऐ मेरी ज़मीं अफसोस नहीं, जो तेरे लिए सौ दर्द सहे
महफूज़ रहे तेरी आन सदा, चाहे जान ये मेरी रहे न रहे
ऐ मेरी ज़मीं महबूब मेरी, मेरी नस नस में तेरा इश्क़ बहे
फीका ना पड़े कभी रंग तेरा, जिस्म से निकल के खून कहे
तेरी मिट्टी में मिल जावाँ, गुल बनके मैं खिल जावाँ
इतनी सी है दिल की आरजू
तेरी नदियों में बह जावाँ, तेरे खेतों में लहरावाँ
इतनी सी है दिल की आरजू, वो ओ..