27/08/2026
विपत्तिमा सानो सहयोग
आफ्नै देशमा आएको यस प्रलयकारी विपत्तिमा आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा साथ दिने उद्देश्यले Santi Ceramics ले नेपाल सरकारको राहत कोषमा आफ्नो तर्फबाट सानो सहयोग गरेको छ।
यो सहयोग कसैलाई देखाउन वा प्रचार गर्नका लागि होइन। हामीले सकेको सानो प्रयासबाट अरूलाई पनि आफ्नो क्षमता र इच्छाअनुसार विपत्तिमा परेका नागरिकहरूलाई सहयोग गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले मात्र यो पोस्ट गरेका हौँ।
आज देशलाई हामी सबैको साथ, सहयोग र मानवताको आवश्यकता छ। 🙏
भगवान् पशुपतिनाथले नेपाल र सम्पूर्ण नेपालीहरूको रक्षा गरून्। 🇳🇵
विपत्तिमा परेका सबैमा धैर्य र शक्ति प्रदान गरून्।
#सहयोग